खेलकुद

नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

०
Banner

काठमाडौं, फागुन १३-

आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो। नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए। आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए ।

दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन्। गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे । नेदरल्यान्ड्सका भिभियान किङ्मा र आर्यन दत्तले तीन-तीन विकेट लिए। बास डे लिडेले २ विकेट हात पारे ।

कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। तर लगातार विकेट गुमाएर नेपाल ५४-३ को स्थितीमा पुगेको थियो। त्यसपछि कुशल र कप्तान रोहित पौडेलबीच ३३ रनको साझेदारी भयो।आउट हुनुअघि कुशलले आरिफ शेखसँग सातौँ विकेटका लागि २८ रनको साझेदारी गरेका थिए। अन्तिम समयमा आरिफ र कुशलबीच नवौँ विकेटका लागि ३६ रनको साझेदारी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>