चितवन विशेष

राजसंस्था पुनःस्थापनाको मागसहित राप्रपा चितवनले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Banner

चितवन, फागुन ९-

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा चितवनका कार्यवाहक अध्यक्ष चेतनाथ वाग्लेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाएको हो । राप्रपा पार्टी कार्यालय रिजालचोकदेखि ¥याली गर्दै हाकिमचोक, केन्द्रीय बसपार्क हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर राप्रपाले ज्ञापनपत्र बुझाएको राप्रपा महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए ।
ज्ञापनपत्रमा प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>