माैसम
आज चार वटा प्रदेशका पहाडी भेगका एक/ दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ, फागुन ६-
आज चार वटा प्रदेशका पहाडी भेगका एक/ दुई ठाउँमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/ दुई ठाउँमा छिटपुटदेखि हल्का पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा दिउँसोपख आंशिक बदली रहने उहाँले बताउनु भयो ।
अबको एक/ दुई दिन हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको र विशेषगरी रातको समयमा पश्चिमी वायुले बढी प्रभाव पार्ने उहाँले बताउनु भयो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा र बाँकी क्षेत्रको उच्च पहाडी तथा हिमाली भेगका एक/ दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

























