अन्तर्राष्ट्रिय

चीनले चन्द्रमाको अँध्यारो भागको अध्ययन गर्ने, आउँदो मे महिनामा यान पठाउने तयारी

Banner

फागुन ५-

चीनले चन्द्रमाको भित्रि अर्थात् अँध्यारो भागको अध्ययन गर्ने भएको छ । यसका लागि चीनले चांगई–६ नामको यान प्रक्षेपण गर्ने भएको हो । चन्द्रमाको फार साइड अर्थात् सुदूर हिस्सा क्षेत्रमा पुगी नमूना सङ्कलन पश्चात धर्तीमा अवतरण गर्ने यो यान चीनले मे महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ ।

चीनको हैनान प्रान्तमा रहेको वेनचांग स्पेसपोर्टमा यानसँग सम्बन्धित काम भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २०२० मा चांगई–५ को सफलतापछि चीनका वैज्ञानिकहरुको टोली चांगई–६ को निर्माणमा लागेका यो योजनाका व्यस्थापक इञ्जिनियर झांग यांगले बताउनुभयो । यो योजना सफल भएमा चीन चन्द्रमाको भित्रि भागबाट नमुना सङ्कलन गर्ने पहिलो देश बन्नेछ ।

चांगई-६ चन्द्रमाको फार साइड क्षेत्रमा रहेको ओपोलो बेसिनमा उत्रिने र त्यहाँ ५३ दिन रहने वैज्ञानिकले बताएका छन् । चांगई–६ ले फार साइडको सतहमा प्वाल पारि भित्रबाट र बाहिरी सतहबाट गरी झन्डै दुई किलो ग्राम माटो नमुनाका रुपमा सङ्कलन गर्ने छ ।

यान पठाउनु पूर्व चीनले क्युगियाओ-२ नामको नयाँ स्याटलाइट यही फेब्रुअरी वा आउँदो मार्च महिनामा प्रक्षेपण गर्ने तयारी गरेको छ । यो स्याटलाइटले चांगई-६ र पृथ्वीमा रहेको स्टेशनबीच सम्पर्क बनाइराख्न मद्दत पुर्याउने वैज्ञानिकहरुको भनाइ छ । एनेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>