Breaking News

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

Banner

काठमाडौँ, फागुन ३-

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियालाई १ सय ३३ रनको लक्ष्य दिएको छ । ४१.१ ओभरमा सबै विकेट गुमाएर नेपालले १ सय ३२ रन बनाउँदै नामिबियालाई १ सय ३३ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।

करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा १ चौका र १ छक्का हिर्काउँदै १५ रन बनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>