Breaking News

उद्योग वाणिज्य संघ चितवनको ६४ औं स्थापना दिवस : कर सहायता कक्षको उद्घाटन

Banner

चितवन, फागुन २-

उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रम गरी ६४ औं स्थापना दिवस मनाएको छ ।

संघले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमदेखि करतदाता सहायता कक्षको उद्घाटन र दीप प्रज्ववलनलगायत विभिन्न कार्यक्रम गरेको हो ।
स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपु¥याउन अग्रजले खेलेको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासका साथै संघमा आवद्ध सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्ने बताए । शुभकामना मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यको व्यवसायिक सफलताको शुभकामना दिए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् सम्पति संरक्षण कोषका अध्यक्ष केएल. भुषणले बिगतका दिनलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिलानै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताए । उनले व्यवसायीको हकहितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायिक ऐक्यबद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको विचार राखे । उनले अग्रजलगायत पूर्वकार्यसमिति र वर्तमान कार्यसमितिलाई हार्दिक आभार ब्यक्त गरे । उनले हालै सम्पन्न ५७ औँ वार्षिक साधारण सभा एवम् अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष एवम् कार्यसमितिलाई बदाईसहित सफल कार्यकालको शुभकामना दिए । सोही कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले उद्योग वाणिज्य संघ–चितवनको इतिहासको बारेमा जानकारी गराउँदै संघले व्यवसायीको हकहितका साथै चितवन जिल्लालाई विकास गर्ने क्रममा भौतिक पूर्वाधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भुमिका खेलेको बाताए ।

सोही कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले व्यवसायीको हक हितको लागि लागेकोमा संघ प्रति आभार व्यक्त गर्दै आन्तरिक राजश्व कार्यालयमा कर सायता कक्ष सञ्चालन गरी व्यवसायीलाई सेवा दिन सुरु गरेकोमा खुसी व्यक्त गरे ।
स्थापना दिवसको कार्यक्रममा संघले ६४ वटा दीप प्रज्वलन गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा ७१ जना व्यवसायीहरुले स्वास्थ्य परीक्षण गरेका छन् । सोही कार्यक्रमको अवसरमा संघमा आवद्ध सदस्यहरुलाई छुट सेवा दिने उद्देश्यले भरतपुर गार्डेन रिसोर्ट प्रालि, अशोका रिसोर्ट प्रालि, ग्यालेक्सी गार्डेन रिसोर्ट प्रालि, रोज गार्डेन रिसोर्ट प्रालि, निको चिल्ड्रेन हस्पिटल र चितवन मुटु हस्पिटल सँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भरतपुर गार्डेन रिसोर्ट प्रालिका तर्फबाट अध्यक्ष उत्तमलाल चुकेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अशोका रिसोर्ट प्रालिको तर्फबाट अध्यक्ष सञ्जय अधिकारी, ग्यालेक्सी गार्डेन रिसोर्ट प्रालिका तर्फबाट म्यानेजिङ डाइरेक्टर नविल कँडेल, रोज गार्डेन रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर सूर्यनारायण पौडेल, निको चिल्ड्रेन हस्पिटलका तर्फबाट म्यानेजिङ डाइरेक्टर धनबहादुर श्रेष्ठ र चितवन मुटु हस्पिटलका तर्फबाट अध्यक्ष डा. शंकर लौडारीले हस्ताक्षर गरेका छन् भने उद्योग वाणिज्य संघको तर्फ अध्यक्ष सुमनकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्पिटालिटी सेवामा १५ देखि २० प्रतिशत र स्वास्थ्य सेवामा निको चिल्ड्रेन हस्पिटलमा १५ प्रतिशत र चितवन मुटु हस्पिटलमा २० प्रतिशत संघका सदस्यलाई छुट दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । छुट सुविधा लिनको लागि उद्योग वाणिज्य संघ–चितवनबाट उपलब्ध गराएको परिचय पत्र चाहिने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, उत्तमलाल चुके , राजन गौतम, सहनलाल प्रधान, राजु श्रेष्ठ लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परीक्षण कार्यक्रमको लागि नेसनल सिटी हस्पिटल भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले कार्यक्रममा धन्यवाद ज्ञापन गरेका छन् ।
संघले आन्तरिक राजश्व कार्यालय चितवनमा करदाता सहायता कक्षको उद्घाटन गरेको छ । करदाता सहायता कक्षको संघका पूर्वअध्यक्ष राजन गौतम र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । संघमा आवद्ध सदस्यलगायत उद्यमी व्यवसायीलाई कर दाखिला गर्नेलगायत अन्य करसँग सम्बन्धित विषयमा सहयोग गर्नका लागि आन्तरिक राजश्व परिसरमा सहायता कक्ष स्थापना गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । करदाता सहायता कक्षबाट कर तथा राजश्व सम्बन्धी परामर्श दिने, व्यक्तिगत पान लिने, डे वान डे टु विवरण भर्ने लगायत साना व्यवसायीलाई केन्द्रीत गरी सेवा प्रदान गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>