खेलकुद

चितवनमा चलिरहेको हिसान कप फुटबलमा अरोमा र अर्विट क्वाटरफाइनल

Banner

चितवन, माघ २७-

अरोमा कलेज र अर्विट कलेज हिसान चितवनको आयोजनमा जारी हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भरतपुर १० गेष्टहाउस चौरमा जारी प्रतियोगिता अन्तर्गत आज (शनिबार) सम्पन्न पहिलो खेलमा स्टेप बाई स्टेपलाई टाइब्रेकरमा पराजित गर्दै अरोमाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा अरोमा टाइब्रेकरमा ५–४ ले निराश बनायो ।

त्यसअघि निर्धारित खेलमा स्टेप बाई स्टेपले अग्रता लिएर पनि जोगाउन सकेन । पहिलो हाफमा सुमित गुरुङले उत्कृष्ट फ्री किक गोल गर्दै अग्रता दिलाएका थिए । तर स्टेप बाई स्टेप अन्तिम २ मिनेट सम्हालिन सकेन । अन्त्य तिर अरोमाका कप्तान सुलभ आचार्यले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । उनी नै म्यान अफ द म्याच चुनिए । अरोमाले अब सेमिफाइनल प्रवेशका लागि प्रेरणा कलेजको सामना गर्नेछ । प्रेरणा यस अघि बाई पाउदै सिधै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

आजको दोस्रो खेलमा अर्विट कलेजले मिलेनियम मोडल कलेजलाई ३–० ले हरायो । अर्बिटको जितमा करिब पुनले दुई तथा आशिष विकले एक गोल गरे । अर्बिटका सुगम तामाङ म्यान अफ दि म्याच भए । अर्बिडले अब सेमिफाइनल प्रवेशका लागि अंंकुरम एकेडेमीको सामना गर्नेछ । अंंकुरम यसअघि सिधै बाई पाउदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगितामा आइतबारबाट क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । पहिलो खेलमा दिउँसो २ बजे अरोमा र प्रेरणा तथा दोस्रो खेलमा दिउँसो ३ बजे अर्विट र अंंकुरम भिड्नेछन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>