अन्तर्राष्ट्रिय
पाकिस्तानमा निर्वाचन जारी, मोबाइल सेवा बन्द
०

काठमाडौँ, माघ २५-
पाकिस्तानमा आज आम निर्वाचनको दिन देशभर मोबाइल सेवा बन्द गरिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले मोबाइल सेवा अस्थायी रुपमा बन्द गरिएको जनाएको छ।
सूचनामा लेखिएको छ, ‘देशमा हालै भएको आतंकवादी घटनाका कारण कयौंको ज्यान गएको छ । सम्भावित खतराबाट जोगिनका लागि सुरक्षाका उपाय अपनाउन आवश्यक छ । त्यसैले देशभर मोबाइल सेवा अस्थायी रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’
मतदानको पूर्वसन्ध्यामा बलुचिस्तान प्रान्तमा भएका बम विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जनालाई परिचालन गरिएको रेडियो पाकिस्तानले जनाएको छ ।
पाकिस्तानमा आज ३३६ सिटका लागि निर्वाचन भइरहेको छ । सरकार बनाउन कम्तिमा १६९ सिट जित्नु आवश्यक छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























