राजनीति

गगन थापा भन्छन्ः जनतामा गुम्दै गएको भरोसा डरलाग्दो छ

Banner

काठमाडौं, माघ २४-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताए ।

उनले भने, ‘संसद र सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरौँ, साना साना कामहरू गरौँ, त्यसले आम आम नागरिकहरूले केही परिवर्तन भएको महसुस गर्छन्, टुटेको भरोसालाई जागृत गराउँछ, म १२ः१३ दिन डुलेर आए अभियानको क्रममा, पहिले पनि हिँडेको थिए अहिले पनि डराएको छैन। तर कता कता मनभित्र चिन्ता लागेको छ एउटा भरोसा गुम्दै गइरहेको छ। मैले घुम्दै गर्दा अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको अवस्था छ। यो डरलाग्दो छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>