राजनीति
देशभरकै सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छः अमनलाल मोदी
०

काठमाडौं, माघ २४-
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे ।
‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरुले कारबाही भेगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु – देशभैरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ’ सांसद मोदीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























