देश/प्रदेश
श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान प्रकाउ
०

दाङ, माघ २१-
श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रकाउ परेका हुन् ।
प्रहरी जवान ३२ वर्षीय पिमलाल नेपाली माथि २२ वर्षीय श्रीमती टीका विक र साढे २ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोप छ । उनलाई प्रकाउ गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्ले जानकारी दिए ।
उनका अनुसार शनिबार कार्यालयबाट विदा मागेर गएका नेपालीले आपसी विवादपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























