धादिङ
धादिङको गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
०

काठमाडौं, असोज २५ –
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएर अवरुद्ध भएको राजमार्ग आइतबारबाट खुलाउने तयारी गरिएको छ ।
त्रिशूली नदीको कटानका कारण सडक चर्किएर भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ तथा माटो हटाउने काम भइरहेको हो । आज साँझसम्म यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ ।
नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीकाअनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























