समाचार
पेट्रोलमा चार र खाना पकाउने ग्यासमा १५ रूपैयाँले मूल्य बढ्याे
०

चितवन, माघ १८-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बुधवार राति १२ बजेदेखि देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मुल्यमा प्रतिलिटर दुई देखि चार रुपैयाँसम्म बृद्धि गरेको छ ।
आयल निगमले एक विज्ञप्ती जारी गरी पेट्रोलमा चार र डिजेल/मट्टितेलमा दुई रुपैयाँले बृद्धि भएको जनाएको छ । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँका दरले मूल्य बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि बढाउन परेको निगमले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























