देश/प्रदेश

रहेनन् गोरखापत्रका उपसम्पादक पण्डित

Banner

काठमाडौँ, माघ १७-

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन् । उहाँको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area