समाचार

आलु र प्याजको आयात घट्यो, आलुमा ४ अर्ब बाहिरियो

०
Banner

काठमाडौँ, माघ ७-
चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा विदेशबाट अर्बौ रुपैयाँको आलु र प्याज भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा अर्बौ रुपैयाँभन्दा धेरैको आलु र प्याज भित्रिएको हो ।

तथ्यांकअनुसार यस अवधिमा ४ अर्ब ९ करोड ४० लाख रुपैयाँभन्दा धेरैको आलु आयात भएको छ । यस अवधिमा १६ करोड २० लाख किलोग्रामभन्दा धेरै आलु आयात हुँदा राज्य कोषमा १ अर्ब १ करोड रुपैयाँ संकलन भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने आलुको आयात घटेको देखिएको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ३९ करोड रुपैयाँको आलु आयात भएको थियो । जुन, चालू वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३० करोड रुपैयाँले बढी हो ।

यस्तै, यही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा धेरैको प्याज भित्रिएको छ । यस अवधिमा ४ करोड ६१ लाख किलोग्राम प्याज आयात हुँदा राज्य कोषमा ४७ करोड ३६ लाख रुपैयाँ जम्मा भएको तथ्यांक छ ।

प्याजको आयातमा समेत भारी गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ अर्ब १५ करोड रुपैयाँको प्याज भित्रिएको थियो । जुन, चालू वर्षको तुलनामा १ अर्ब २४ करोडले बढी हो ।

चालू आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा। प्रकाशसरण महतले आलु र प्याजमा भ्याट लगाएका थिए । उनले वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबारमा भ्याट लाग्ने व्यवस्था गरेका थिए । यो व्यवस्थाको व्यापक आलोचना भएको थियो । तीव्र आलोचनापछि आन्तरिक राजश्व विभागले फिर्ता लिएको विज्ञप्ति जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>