चितवन विशेष

चितवनमा गोहीले टाेक्दा एक जना पुरूष घाइते

Banner

चितवन, पुस २६-

चितवनको खैरहनी नगरपालिकामा गोहीले टोकेर एक जना घाइते भएका छन् ।

खैरहनी नगरपालिका–११ पटिहानीका ३६ वर्षीय बसन्त दराई हिजो राति ८ बजे घर नजिकैको खोला तर्ने क्रममा अचानक गोहीले टोक्दा घाइते भएका हुन् ।

गोहीले उनको दुवै खुट्टामा टोकेको र उनको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>