अपराध

श्रीमतीको ब्वाइफ्रेन्डले दुई कठ्ठा जग्गा नदिएपछि गोली हानी हत्या

Banner

दाङ, पुस १८-

दाङका ४५ वर्षीय शिवराज केसीको दुई कठ्ठा जग्गा माग्दा नदिएको भन्दै हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमान ४३ वर्षीय शेरबहादुर कुँवरले गरेको खुलेको छ । केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा भेटिएको थियो ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

प्रहरी आज पत्रकार सम्मेलनगरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको बताए । ‘शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा थिए’, पत्रकार सम्मेलनमा दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भन, ‘श्रीमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>