राजनीति

पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन भन्न सक्दिनँः सिके राउत

Banner

काठमाडौं, पुस १५-

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टी सरकारमा छ भन्दैमा आफूले विरोध नगर्ने भन्ने नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो पार्टी सरकारमा छ भन्दैमा आफूले विरोध नगर्ने भन्ने नहुने बताएका हुन् ।

‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने ?’ उनले प्रश्न गर्दै ट्विटरमा लेखेका छन्, ‘गलतको विरोध मैले निजी रूपमा पनि गर्न नपाउने रु त्यसो भए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर, त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईँले बनाएको सरकारको तपाईँले पनि कसरी विरोध गर्न सक्नुहुन्छ ?’

उनले पार्टी सरकारमा छ भन्दैमा आफूले रातलाई दिन, दिनलाई रात भन्न नसक्ने उनको तर्क छ ।

उनले थपेका छन्, ‘गलतको विरोध मैले गर्न नपाउने रु त्यही चाहना गठबन्धनको, त्यही अपेक्षा जनताको पनि रु हरेक दिन ’सरकार’बाट देशभरिमा दशौं हजार निर्णय हुन्छन्, लाखौँ गतिविधि हुन्छन्, के त्यो सबै मेरै चाहना अनुरूप भइरहेको छ कि मैले विरोध गर्न नपाउनु?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>