देश/प्रदेश

लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एकको मृत्यु दुई घाइते

Banner

पोखरा, पुस १४-

पोखरामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाग्लुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस महोत्सवको प्रवेश गेट अगाडि ब्रेक फेल भई दुर्घटना भएको थियो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार बस दुर्घटना हुँदा महोत्सवमा बाटा (गमला) बिक्री गर्न आएकी भारत घर भई पोखरा लेखनाथ बस्ने ३० वर्षीया इस्श्रावती कुमारी घाइते भएकी थिइन । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको भएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

त्यस्तै बसको ठक्करबाट तनहुँका ३६ वर्षीय रामजी गन्धर्व र पर्साका ४६ वर्षीया चिजमाया गन्धर्व घाइते भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area