राजनीति

रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिको राजीनामा

Banner

धनगढी, पुस १४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिमस्थित समितिमा जिम्मेवारी फेरबदल भएको छ।

पूर्व पत्रकारसमेत रहेका रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिमस्थित समितिमा जिम्मेवारी फेरबदल भएको छ। प्रदेश समितिको उपसभापति र महामन्त्रीले राजीनामा दिएपछि नयाँ मान्छेलाई जिम्मेवारी दिइएको हो।

रास्वपा सुदूरपश्चिमका तत्कालीन महामन्त्री भोजराज जोशी (क्वालिटी) ले राजीनामा दिएपछि उनको स्थानमा पारश बाहुनलाई ल्याइएको छ। बाहुन रास्वपा डडेल्धुराका पूर्व जिल्ला संयोजकसमेत हुन्। क्वालिटीले पार्टीलाई समय दिन नसक्ने भएपछि बाहुनलाई जिम्मेवारी दिइएको रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले बताए।

यस्तै उनका अनुसार पार्टीकी उपसभापति श्रृष्टी महराले पनि पदबाट राजीनामा दिएकी छन्। तर उनको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा भने आन्तरिक छलफल जारी रहेको बताइएको छ। राजीनामा दिएका उनीहरू दुवैजना पार्टीको सदस्य भने कायमै छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>