देश/प्रदेश

दुवईको जहाज छुटेपछि विमानस्थलबाटै सम्पर्कविहीन भए पाल्पाका विक्रम पंगेनी

Banner

पाल्पा, पुस १४-

पाल्पाका विक्रम पंगेनी विमानस्थलबाटै सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालकिा-१ माझकोटका २३ वर्षीय पंगेनी साउदी अरब जानभन्दै काठमाडौं पुगेका पनि सम्पर्कविहीन भएका हुन् ।

करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए । विक्रमले फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ (पुस ६ गते) काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने जहाजको टिकट काटेका थिए । तर, उनी ११ दिनसम्म छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमासहयोग गरिदिन विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसँग अपिल गरेका छन् ।

शुक्रबार साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि भने सम्पर्कमा आएका छैन्न् ।

फ्लाई दुवईको जहाज छुटिसकेपछि विक्रम विमानस्थलबाट शुक्रबार राति नै बाहिर निस्केको आशंका गरिएको छ । ‘विमानस्थलको सिसिटिभी फुटेज हेर्दा राति साढे ११ बजेतिर विक्रम बाहिर निस्केर प्रतीक्षालयसम्म पुगेको र त्यहाँ एक जना मानिससँग कुरा गरेकोजस्तो देखिएको तर त्यसपछि उनी कहाँ गए भन्ने पत्ता लागेको छैन,’ विक्रमका ठूलो बुबा ठाकुर पंगेनीले बताए । स्रोतः अनलाइन खबर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area