समाचार
वर्ल्डलिंकको मेस बिकन १.१ राउटर, घरका कुना कुनामा उच्च गतिको एउटै वाई–फाई नेटवर्क

चितवन, पुस १४–
वर्ल्डलिंकले नोकियाको मेस बिकन १.१ राउटर १०० एमबीबीएस वा सो भन्दा माथिका सबै प्याकेज लिने ग्राहकलाई दिने भएको छ । यसअघि वर्ल्डलिंकले उक्त बिकन २०० एमबीपीएस वा सो भन्दा माथिका प्याकेज लिने ग्राहकलाई मात्रै दिदै आएको थियो ।
अहिले सबै जस्तो इन्टरनेट सेवाप्रदायकले १०० एमबीपीएस वा सोभन्दा माथिको इन्टरनेट दिईरहेका छन् । यस्तोमा ठूलो अथवा धेरै कोठाहरु वा तल्ला भएको घरमा समेत एउटै इन्टरनेट कनेक्सन पर्याप्त हुन थालेको छ तर एउटा मात्र राउटरले वाईफाई कभरेज नदिने हुँदा ग्राहकहरुले समस्या झेल्दै आएका छ्न् ।
सोेही समस्यालाई मध्यनजर गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले मेस राउटरको अवधारणाको रूपमा आफैँले सेकेन्डरी राउटरको विकल्प समेत दिइरहेको छ । जुन खर्चका हिसाबले मात्र नभएर वाई–फाई तथा इन्टरनेटको अनुभवको हिसाबले समेत उत्तम विकल्प हुन सक्छ ।
हाल बजारमा सिङ्गल ब्याण्ड, डुअल ब्याण्ड र डुअल ब्याण्ड प्लस मेस राउटर, सिक्सजी गरी फरक–फरक प्रविधिमा आधारित राउटर उपलब्ध छन् ।
जसमध्ये डुअल ब्यान्ड सहितको मेस राउटर राख्दा घरभरी सबैतिर उच्च गतिको एउटै वाई–फाई नेटवर्क विस्तार भएर रहन्छ । यसको अर्थ सामान्य किसिमको सेकेन्डरी राउटर लिएर राख्दा जस्तो यसमा छुट्टाछुट्टै वाई–फाई नेटवर्क नभएर एउटै वाई–फाई हुन्छ ।
जसले गर्दा एउटा तल्लाबाट अर्को तल्लामा जाँदा समेत वाई–फाई कनेक्सन टुट्दैन । साथै छुट्टाछुट्टै वाई-फाई नेटवर्क हुँदा एक अर्कोमा स्वीच गरिरहनु पर्ने पासवर्ड बदल्न अलगै राउटरको सेटिङ चलाउनु पर्ने झन्झट पनि यसमा रहँदैन ।
आजका दिनमा हामीले उपभोग गर्ने कन्टेन्टका आधारमा पनि डबल ब्याण्ड प्लस मेस राउटर निकै प्रभावकारी मानिन्छ ।

मूल्यमा कुन सस्तो ?
इन्टरनेट बजारमा सेकेन्डरी राउटरका लागि टीपी लिङ्क, एमआई लगायतका अनेकौं विकल्प छन् । यता इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई नोकिया, ह्वावे, जेडटीई लगायतका राउटर उपलब्ध गराउँदै आएका छन् ।
बजारमा सिङ्गल ब्याण्ड राउटरका लागि कम्तिमा २५०० रुपैयाँ पर्न आउँछ । डबल ब्याण्ड राउटरको मूल्य भने पाँच हजार रुपैयाँसम्म हुने गरेको छ ।
त्यस्तै हाल बजारमा सबैभन्दा प्रभावकारी मानिएको डबल ब्याण्ड प्लस मेस राउटरको मूल्य चार हजार ५०० रुपैयाँभन्दा माथि छ फेरिपनी बजारमा उपलब्ध राउटरहरुले मेन राउटर सग मेस प्रविधिमा काम गर्दैनन । यस्तोमा वर्ल्डलिङ्कले उपलब्ध गराउने नोकियाको डबल ब्यान्ड प्लस मेस राउटर सस्तो देखिन्छ ।
उदाहरणका लागि वर्ल्डलिङ्कका ग्राहकले तीन महिना, छ महिना र एक वर्षका लागि इन्टरनेट जडान गर्दा थप केही शुल्क बुझाएर यस्तो राउटर लिन सक्छन् । कम्पनीका अनुसार ग्राहकले तीन महिना र ६ महिनाको लागि इन्टरनेट जडान गर्दा दुई हजार रुपैयाँ रेन्टल र पन्ध्र सय डिपोजिट तिरेर एउटा बिकन राउटर राख्न सक्छन् ।
जसमध्ये १५०० रुपैयाँ डिपोजिटको रुपमा रहन्छ, जुन तपाईले इन्टरनेट प्रयोग गर्न बन्द गरेसँगै फिर्ता पाउन सक्नु हुन्छ । अझ एक वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकलाई त कम्पनीलाई डिपोजिटको रूपमा १५०० रुपैयाँ बुझाए पुग्छ ।
























