खेलकुद

सुपर लिगको उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै

०
Banner

काठमाडौं, पुस १४-

नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुँदै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्।

पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो।

धनगढीका कप्तान देवेन्द्र तामाङले पहिलो संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पक्षलाई स्मरण गर्दै यो सिजनमा उपाधिका लागि तयारी गरेको बताएका छन्। ललितपुरका कप्तान अनन्त तामाङले यो सिजन जित्नका लागि आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन्।

प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। उपविजेताले २० लाख रुपैयाँ नगद हात पार्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>