समाचार

यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन : बालेन

०
Banner

काठमाडौं, पुस १४-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो देशले सज्जन व्यक्तिलाई लाचार बनाएको बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले लाचारलाई मर्न बाध्य बनाउने बताएका हुन्। त्यस्तै उनले यो देशले मुर्दाघर बनाउने तर बाँच्ने ठाउँ नदिने बताए ।

शुक्रवार बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि बालेनले यस्तो स्टाटस लेखेका हुन् ।

उनले लेखेका छन्, ‘मर्न नसकेकोलाई अपराधी बनाउँछ, अपराधपछि आफू उठ्ने माध्यम बनाउँछ। यो देशले मुर्दाघर बनाउँछ, बाँच्ने ठाउँ दिँदैन, परिस्थितिले लाशको दर बनाउँछ, मान्छेलाई भाउ दिँदैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>