खेलकुद

चितवनमा यात्रा ग्रुपलाई खेल सामग्री सहयोग

Banner

भरतपुर, पुस १२–

गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रालिले यात्रा ग्रुप भरतपुरलाई खेल सामग्री सहयोग गरेको छ ।

गोल्डेन इमिनेन्टको कार्यालयमा आज ग्रुपलाई २० हजार रुपैयाँ बराबरको जर्सी तथा खेल सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त खेल सामग्री गोल्डेन इमिनेन्टका अध्यक्ष प्रकाश रिजालले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलाई हस्तान्तरण गरे । कार्यक्रममा रिजालले सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबलाई खेल सामग्री सहयोग गरिएको बताए । गोल्डेन इमिनेन्ट एक व्यवसायिक संस्था भए पनि व्यवसायमा मात्र केन्द्रित नभई आगामी दिनमा पनि यसैगरी खेलकुदका क्षेत्रमा सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

क्लबका अध्यक्ष कृष्ण कार्कीले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने माध्यम भएकाले यस क्षेत्रको विकासका लागि सबैले सहयोग गर्नुपर्ने विचार राखे । यस किसिमको सहयोगले खेलाडीहरुलाई हौसला मिल्ने कार्कीको भनाइ थियो । गोल्डेन इमिनेन्टले बिगत दश वर्षदेखि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>