क्रिकेट

एसिसी यु–१९ एसिया कपः नेपालसामु २६२ रनको लक्ष्य

०
Banner

काठमाडौँ, मंसिर २४-

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ ।

युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनायो । अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले । उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए । यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे ।

यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५ तथा खालिद तानिवालले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक एक विकेट लिए ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म नेपालले सात ओभरमा दुई विकेट गुमाएर ३४रन बनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>