क्रिकेट

यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै

०
Banner

काठमाडौं, मंसिर २४-

एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाव छ। पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।

नेपाली टोलीमा देव खनाल (कप्तान), दीपक डुम्रे , उत्तम थापा मगर , विपिन रावल, गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, हेमन्त धामी, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>