अपराध
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलो सुन बरामद, एक जना विदेशी नागरिक पक्राउ
०

काठमाडौं, मंसिर २४-
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन् । शनिबार राति फ्लाइ दुबईबाट काठमाडौं आएका इजिप्टका नागरिक साढे ६ केजी सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका इजिप्टीयन नागरिक एफ जेट ५७३ फ्लाइबाट शनिबार राति ११ बजेर ५१ मिनेट ल्याण्ड भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थाबाट पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले बताए ।
भन्सार पास भइसकेको सुन सिभिलमा खटिएको प्रहरीले शंका लागेपछि जाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको हो ।
उनले भने,‘भन्सारबाट पास भइसकेपछि १२ बजेर ४५ मिनेटमा उनी पक्राउ परेका हुन् ।पक्राउ परेका व्यक्ति इजिप्टको भन्ने खुलेको छ । उनको साथबाट ६ किलो ५७५ ग्राम सुन बरामद भएको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























