समाज
भरतपुरमा मागी खाई हिँड्ने एक पुरुषको मृत्यु
०

चितवन, मंसिर २२-
भरतपुरमा मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय ती पुरुषको सनाखत हुन नसकेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भरतपुर महानगरपालिका–१० केन्द्रिय बसपार्क नजिक बेवारिसे अवस्थामा फेला परेका ती पुरुषलाई बिहीवार उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो ।
उपचारको क्रममा बिहीवार राति ११ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























