राजनीति
एनसेलले लुटको खेती गरिरहेको छ : नेता शर्मा
०

काठमाडौं, मंसिर २२-
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् । सन् २०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको उनले बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–‘जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ। ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ।’
शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























