समाचार

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

०
Banner

काठमाडौं, मंसिर २२-

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ ।

फ्लाई दुबईको विमानबाट गएराति १२ बजे काठमाडौं आएका गोरखा बारपाकका चन्द्र घलेको साथबाट सुन बरामद भएको विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए। उनका अनुसार दुई किलो दरका सातवटा बिस्कुट आकारको सुन बरामद भएको हो ।

विमानस्थल भन्सार कार्यालयलाई प्राप्त सूचनाका आधारमा भन्सार र प्रहरीको संयुक्त टोलीले घलेलाई पक्राउ गरेको हो। चन्द्रले गोरखाकै मिन घलेका लागि सुन ल्याएको बयान दिएपछि उनलाई पनि धुम्बाराहीबाट पक्राउ गरेको डीआईजी चन्दले बताए ।

उनका अनुसार पक्राउ परेका दुवैजनालाई भन्सार कार्यालयको जिम्मा लगाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>