समाज

भोक्रोफाँटमा टेलिकमको टावर निर्माण सुरु भएसँगै जनतामा खुसी : संस्थापक मेयर पौडेल

०
Banner

गैंडाकोट, मंसिर २२-

गैंडाकोट नगरपालिका–३ को भोक्रोफाँटमा नेपाल टेलिकमको टावर निर्माण कार्य सुरु भएसँगै जनतामा खुसियाली छाएको गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेलले बताएका छन् ।

भोक्रोफाँट क्षेत्रमा टेलिकमको टावर नभएका कारण सञ्चारमा निकै असहज भएको थियो । सञ्चारको पहुँचका लागि टेलिकमको टावर निर्माण सुरु भएपछि आफ्नो सपना पनि साकार भएको उनले बताए ।

गैंडाकोट नगरपालिकाको विकासका लागि आफु सँधै तत्पर रहेको भन्दै पौडेलले नगरको विकासका लागि विगतमा पदमा रहँदा जसरी आफू लागिपरेको बताए । भोक्रोपाँटमा टावर निर्माणका लागि आफु निरन्तर खटिएको पनि उनले बताए । आफू नगरमा निर्वाचित भएलगत्तै त्यस क्षेत्रमा विद्युतिकरण गरेको र यतिवेला जीवनयापन निकै सहज भएको उनको दाबी छ ।

विगतमा शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका क्षेत्रहरुमा नगरलाई नै नमुना बनाउन लागिपरेको सम्झँदै अहिले पनि आफूलाई उत्तिकै चासो रहेको उनले बताए । पहाडी क्षेत्रमा पर्ने वडाहरुको विकासका लागि आफु जनतासँगै रहेको उनको भनाइ छ । नारायणी नदीको तटवन्धन, रिङरोडको अवधारणा लगायत नगर अस्पतालको स्थापनामा समेत आधार तयार पारेको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>