समाचार

काठमाण्डौँ महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

०
Banner

काठमाण्डौँ, मंसिर २१-

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ। बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए। उनका अनुसार अहिले विभिन्न सपिङ मलमा प्लास्टिकका क्रिसमस-ट्री राखेर सजावट गरेको पाइएको छ।

पहिले दसैंतिहार लक्षित अनुगमन गर्दा महानगरले प्लास्टिकका फूलमाला प्रयोग गर्न नपाइने भनेको थियो, उनले भने, अहिले पनि प्लास्टिकका सामग्री प्रयोग गरी सजावट गर्न पाइँदैन।
यस्तै,प्लास्टिकका कुनै स-सामान प्रयोग गरी सरसजावट गरेको पाइए उक्त सामान जफत गरिने उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>