समाचार

विद्यार्थी निर्घात कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

०
Banner

परासी, मंसिर २१ –
विद्यार्थीलाई निर्घात कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ । जिल्लाको सरावल गाउँपालिका(७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई पक्राउ गरेर बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी काजीकुमार आचार्यकाअनुसार विद्यार्थीलाई निलडाम बस्ने गरी निर्घात कुटपिट गरेर फरार रहेका शिक्षकलाई पक्राउ गरेर मुद्दा दायर गरिएको बताए । अभिभावकको जाहेरीको आधारमा शिक्षक यादवलाई प्रहरीले बालबालिकासम्बन्धि कसुरमा मुद्दा दायर गरेर अनुसन्धान सुरु गरेको हो ।

बालबालिका सम्बन्धी कसुरमा दोषी ठहर भएमा एक वर्षसम्म कैद र ५० हजार जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ । कक्षा एकमा अध्ययनरत ९ वर्षिय कञ्चना राजभरलाई यादवले बालिकाकालाई विद्यालय नआएको भन्दै घर र विद्यालयमा निर्घात कुटपिट गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>