समाचार

वाइडबडीमा जोडिएका विदेशीलाई अख्तियारले बोलायो

०
Banner

काठमाण्डौँ, मंसिर २१-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानका लागि बोलाएको छ।

निगमले वाइडबडी विमान खरिद गर्दा भएको भ्रष्टाचार प्रकरण अनुसन्धानका लागि अख्तियारले दीपक शर्मा, ओलेग कालिस्त्रु र क्रिश्चियन न्ह्युलेनलाई आयोगले बयानको लागि बोलाएको हो।

अख्तियारले प्रकाशन गरेको सूचना अनुसार शर्मा बेलायती नागरिक, न्ह्युलेन जर्मन र ओलेग कालिस्त्रु रोमानिया र मोलदोभाका नागरिक हुन्। उनीहरूलाई १५ दिनभित्र बयानका लागि अख्तियारमै उपस्थित हुनेगरी बिहीबारको द राइजिङ नेपाल दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको छ।

निगमले ए–३३०–२०० विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरीको छानबिनका लागि अख्तियारले उनीहरुलाई बोलाएको प्रकाशित सूचनामा उल्लेख छ।

प्रकाशित सार्वजनिक सूचना अनुसार ‘अख्तियारको टंगालस्थित कार्यालयको कोठा नम्बर १०८ मा १५ दिनभित्र उपस्थित हुन’ भनिएको छ। बयानका लागि बोलाइएका तिनै जनालाई एक÷एक प्रति फोटो र आ–आफ्नो राहदानीसहित उपस्थित हुन सूचनामा निर्देशन छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>