देश/प्रदेश

आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’

Banner

काठमाडौं, मंसिर २१-

मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो ।

यसअघि आजियाटाले आफ्नो लगानीको ब्राण्डहरुको सूचीमा एनसेल समेटेको थियो । तर, अहिले भने एनसेलसम्बन्धी जानकारी नै हटाइदिएको छ । यसबाहेक, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, मलेसिया लगायतका देशमा लगानी गरिरहेको छ ।

ती देशमा लगानी रहेको कम्पनीको नाम भने आफ्नो वेभसाइटको ब्राण्ड पेजमा राखेको छ । तर, एनसेलको ब्राण्ड नेम भने हटाएको हो । आजियाटाले एक डलरमा खुलेको बेलायती कम्पनीलाई एनसेलको सेयर बेच्ने निर्णय गरेपछि चलखेलको आशंकामा विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area