समाज
रत्ननगरकी एक महिलाले गरिन् आत्मदाहको प्रयास
०

चितवन, मंसिर २१-
चितवनको रत्ननगर नगरपालिका–८ बाघमारामा एक महिलाले आफ्नै शरिरमा आगो लगाई आत्मदाह गर्ने प्रयास गरेकी छन् ।
बाघमाराकी ४१ वर्षीय बिनिमाया कुमालले गएराति १:१५ बजे आत्मदाहको प्रयास गरेको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । कुमालको अवस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
निज महिला प्यारालाईसिस र मानसिक बिरामी रहेको पाइएको प्रहरीले बताएको छ । के कारणले आत्मदाहको प्रयास गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























