क्रिकेट

एकदिवसीय क्रिकेटमा नेपाल धेरै खेल जित्ने टोलीमा तेस्रो स्थानमा

०
Banner

काठमाडौँ, मंसिर २०–

एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै खेल जित्ने टोलीमा नेपाल तेस्रो स्थानमा परेको छ। आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा जित हात पारेको टोलीको सार्वजनिक गरेको सूचीमा नेपालले १५ खेल जितेको छ। २२ खेल खेलेको नेपाल १५ खेलमा जितसहित तेस्रो स्थानमा परेको हो।

यस्तै आइसीसी एसिया क्रिकेटले सन् २०२३ मा एकदिवसीय खेलमा भारतले ३२ खेल खेलेकोमा २५ मा जित हात पारेको छ। भारत एकदिवसीय खेल जित्ने टोलीमा शिर्ष स्थानमा रहेको छ।

यस्तै श्रीलङ्काले ३१ खेलमा १६ मा जित हात पारेको छ। श्रीलङ्का १६ खेलमा जित हात पारेर दोस्रो स्थानमा रहेको छ भने २२ खेलेको दक्षिण अफ्रिकाले १५ मा जित हात पारेको छ र उ चौथो स्थानमा रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>