गण्डकी

गैँडाकोटमा रहेको विजय एफएमको अध्यक्षमा त्रिलोचन सापकोटा चयन

Banner

गैँडाकोट, मंसिर १७-

विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा त्रिलोचन सापकोटा चयन भएका छन् ।

संस्थाको २३ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले शनिबार सापकोटाको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गिरिराज लम्साल, सचिवमा भानुभक्त रिमाल, कोषाध्यक्षमा विष्णुमाया पन्थी, सह–सचिवमा नर्मदा पाण्डे चयन भएको निर्वाचन समिति संयोजक केशवप्रसाद सापकोटाले जानकारी दिए । यस्तै सदस्यहरुमा डा. भूमिराज चापागार्इं, शान्ति भुषाल आचार्य, गोकुल भण्डारी, कमला रेग्मी पौडेल, यदुनाथ सापकोटा र टंकनाथ चापागाईं रहनुभएको छ । यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा बद्रीनाथ लम्साल, सदस्यहरुमा ज्ञानु सापकोटा र टेकनारायण सुवेदी रहेका छन् ।

निर्वाचन उपसमिति संयोजकमा केशवप्रसाद सापकोटा, सदस्यहरुमा प्रेमप्रसाद सापकोटा ‘राजु’ र परमेश आचार्य रहनुभएको थियो ।

‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>