आगलागी

लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी

०
Banner

जनकपुरधाम, मंसिर १७-

सिरहाको लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले सञ्चालन गरेको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणमा लिन लहान नगरपालिकाको वारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत छन् । आगो लागेको भवनबाट साइकल र अन्य सामानहरु सुरक्षित स्थानमा सारिँदै छ ।

स्थानीय जयनाथ यादवका अनुसार आगो कसरी लागेको कुरा खुल्न सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>