राजनीति

राप्रपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

Banner

काठमाडौं, मंसिर १७-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ। अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र बैठकमा पेश गर्ने कार्यक्रम छ।

साथै सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेश गर्नेछन्।

यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएको महामन्त्री राजाराम बर्तौलाले बताए। मंसिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने उनको भनाइ छ। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>