देश/प्रदेश

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ

Banner

काठमाडौं, मंसिर १७-

बलात्कारको झुटा जाहेरी दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा प्रहरीले ३१ वर्षीया महिलालाई प्रकाउ गरेको हो ।

नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी उक्त महिला र नाम परिवर्तन रमेश विरुद्ध घटना झुटो भन्दै भन्दै विशाल (नाम परिवर्तन) ले जाहेरी दिएका थिए ।

महिलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

सरकारी वकिलसँगको बयानमा महिलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । २/३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि उनले महिलाले बताएकी छिन् ।

रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको उनले दाबीगरेकी हुन् ।

उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । प्रहरीले फरार रहेका रमेशको खोजी गरिरहेको छ । सूचना स्रोतः नेपाल प्रेस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area