देश/प्रदेश

धरान–धनकुटा सडक हिजो साँझदेखि अवरुद्ध

Banner

विराटनगर, मंसिर १७-

टिपरको ब्रेक फेल भइ दुर्घटना हुँदा कोसी राजमार्ग हिजो (शनिबार) साँझदेखि अवरुद्ध भएको छ । बेलुका करिब ८ बजे साँगुरीगढी गाउँपालिका–६, कोलवोटेमा एउटा टिपर ब्रेक फेल भइ अरु सवारी साधनलाई समेत ठक्कर दिदाँ धरान–धनकुटा सडक अवरुद्ध भएको हो ।

दुर्घटनामा टिपरका सहचालक सिरहाका दीपेन्द्र कुसियत घाइते छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएअनुसार प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भइ अर्को सवारी साधनलाई ठक्कर दिएको थियो । टिपर सडक छेउमा पल्टिँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको हो । हाल अवरुद्ध राजमार्गको सडकखण्ड खुलाउने प्रयास सुरु भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area