राजनीति
लुम्बिनी कांग्रेसले खाणलाई दिएको सम्मान भाइ रामकृष्णले देउवाको हातबाट थापे
०

काठमाडौं, मंसिर १७-
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले नक्कली भुटानी शरणार्थी अभियोगमा थुनामा रहेका बालकृष्ण खाणलाई सम्मान गरेको छ। हिजो (शनिबार) बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले पहिलो प्रदेश सम्मेलनका अवसरमा खाणलाई सम्मान गरेको हो।
सम्मेलनका प्रमुख अतिथि सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइसमेत रहेका रूपन्देही कांग्रेस सभापति रामकृष्ण खाणलाई हस्तान्तरण गरेका हुन्।
लगत्तै जिल्ला सभापति रामकृष्ण सम्मान पत्र बुझ्न पुगे। सभापति देउवाको हातबाट बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्णले बुझेका हुन्।
पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण कांग्रेस केन्द्रीय सदस्य छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले गत वैशाख २७ गते निवासबाटै उनलाई पक्राउ गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























