देश/प्रदेश

दुईवटा मोटरसाइकल ठोक्किदाँ उछिट्टिएर भुइँमा खसेका पुरुषको बसले किच्दा मृत्यु

Banner

सर्लाही, मंसिर १७-

सर्लाहीमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका अन्दाजी ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकी नजिक प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । प्र २ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले किचेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र मोटरसाइकल चालक भागेकाले मृतकको पहिचान हुन नसकेको डिएसपी पञ्जियारले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area