देश/प्रदेश

आफैंले बोकेको भरुवा बन्दुकको छर्राले लाग्दा एक जनाको मृत्यु

Banner

दोलखा, मंसिर १७-

बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुकको छर्राले लाग्दा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की भएको हो ।

घाइते भएका सञ्जिवलाई तामाकोशी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पताल ल्याइएको थियो । अस्पताल भर्ना लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ । उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो ।

सञ्जिवसहित ७ जना स्थानीय गएराति डाँडाबारी जंगलमा शिकार खेल्न गएका थिए । सञ्जिवको मृत्यु भएको घटना सार्वजनिक भएपछि तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय सञ्जिव पोख्रेल र तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area