देश/प्रदेश

काँठ क्षेत्र: रित्तिँदै हरियाली, थपिँदै प्लटिङ (फोटोफिचर)

Banner

काठमाण्डौ, मंसिर १६-

सहरबजारदेखि बाहिरको गाउँबस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ ।

काँठको रहनसहन थोरै सहरियाजस्तो देखिन्छ, थोरै ग्रामीण जीवनशैलीजस्तो देखिन्छ । सामान्य भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाण्डौ उपत्यकामा चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको मानिन्छ ।

तर बिस्तारै काँठ क्षेत्रको स्वरुप परिवर्तन हुँदै गएको छ । झन्डै एक दशकको अवधिमा काँठ क्षेत्रको स्वरुपमा निक्कै परिवर्तन आएको देखिन्छ ।

काँठको हरियाली सकिँदै गएको छ भने यो क्षेत्र प्रदूषित बन्दै गएको छ। काँठ क्षेत्रमा जग्गा खरिद–बिक्री अस्वाभाविक रुपमा बढेको छ। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यताको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपालले तयार पारेको फेरिएको काँठ क्षेत्रको केही तस्बिरहरु ।

बुंगमतीमा परम्परागत ढंगले डोको बोकेर खेतबाट घर फर्कदै । नेवारी समुदायले परम्परागत भेषभुसा परिवर्तन भएको पाइन्छ ।
काठमाडौं दक्षिणकाली १ को परम्परागत बस्तीमा बनाइएको आधुनिक घर ।
डुकुछापमा टनेलखेती । काँठमा पछिल्लो समय परम्परागत खेती प्रणाली छोडेर टनेलमा खेती भइरहेको छ ।
भक्तपुरको घ्यापेडाँडामा लबनाइएको बहुतले घर । काँठका पहाड र भिरालो ठाँउमा ढलान गरेर बहुचले घर निर्माण हुने क्रम बढेको छ ।
ललितपुरको झरुवाराशीका ईटा भट्टा । काँठ क्षेत्रमा सञ्चालित भट्टाका कारण प्रदुषण बढ्दो छ ।
काठमाडौंको बोसनडाँडामा आधुनिक घर र बाँजो बारी । काँठका बस्तीमा किसानले बाँजो खेत र बारी राखेको धेरै भेट्न सकिन्छ ।
काठमाडौ दक्षिणकाली नगरको बोसनडाँडा । पछिल्लो समय काँठ पाखा भित्तामा बाटो पु¥याइएको छ । होटल रिर्सोट खुलेक छन् ।
ललितपुरको लामाटार भक्तपुरको गुण्डुलगायतको फाँट । शहरका फाँट बस्तीले भरिने अवस्थामा आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>