राजनीति

भूकम्पले भत्किएको कांग्रेस पार्टी कार्यालयको भवन एमाले स्वयंसेवकले गरे व्यवस्थापन

Banner

जाजरकोट, मंसिर १६-

भूकम्पले क्षति पुराएको कांग्रेसको पार्टी कार्यालय नेकपा एमालेको स्वयंसेवकले व्यवस्थापन गरेका छन् । कार्तिक १७ गते बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा बारेकोट गाउँपालिका ५ मा रहेको नेपाली कांग्रेसको कार्यालय भत्किएको थियो । उक्त भवनलाई एमालेको स्वयंसेवकले व्यवस्थापन गरेको हो ।

भत्किएको पार्टी कार्यालयमा शुक्रवार नेकपा एमालेका स्वयंसेवक दस्ताले व्यवस्थापन गर्ने र भग्नावशेष निकाल्ने काम गरेको विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए। विगत १२ दिन देखि पौडेलेको नेतृत्वमा रहेको एमाले स्वयंसेवक दस्ता भूकम्प प्रभावित क्षेत्रमा पुर्ननिर्माणमा खटिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>