देश/प्रदेश

नेपाली वायुसेवालाई युरोपेली आकाशमा उडान प्रतिबन्ध, इयुले दियो यस्तो सुझाव

Banner

काठमाडौं, मंसिर १५-

विगत १० वर्षदेखि नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीमा राखेको युरोपियन युनियन (इयु) ले निरन्तरता दिएको छ। इयूले विभिन्न कारण देखाउँदै नेपाली वायुसेवाहरूलाई युरोपेली मुलुकमा उडानको प्रतिबन्ध कायमै रहेको पत्र बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको हो।

इयुले यसपटक प्राधिकरण र नेपाल वायुसेवा निगमलाई तत्काल गर्नुपर्ने कामहरूको सुझाव दिएको छ।

इयुले निगमको नेतृत्व, प्रक्रिया पद्धति तथा समग्र प्रणालीमा कायपलट गरिनुपर्ने।

निगमले एसएमएस कडाइका साथ लागू गर्नुपर्ने।

वार्षिक अडिटले औंल्याएका कमी कमजोरीहरूको सुधार गर्नुपर्ने।

अडिट चेकलिस्टको गुणस्तर सुधार गर्नुपर्ने।

उडान समयको निश्चितता, डकुमेन्ट व्यवस्थापन, सुझाव कार्यान्वयन जस्ता पक्षमा गम्भीर कमजोरी रहेकोले यसको सुधार गर्नुपर्ने।

वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएकोले सुधार गर्नुपर्ने।

यससँगै इयूले नागरिक उड्डयन प्राधिकरणलाई पनि तत्काल गर्नुपर्ने कामहरू सुझाव दिएको छ।

सुधारात्मक कार्य योजना बनाइ सोही अनुसार सुधार गर्दै जाने।

अडिटका दौरान देखिएका कमी कमजोरीहरूको मुख्य कारण पत्ता लगाउने।

सो मुख्य कारणहरूको निराकरणका लागि विशेष कार्यविधि बनाइ निराकरण गर्ने।

यस सम्बन्धमा भएका प्रगतिहरूको समय-समयमा प्रगति विवरण पेश गर्दै जाने।

प्राधिकरणतर्फ भइरहेका सुधार कार्यहरूको निरन्तरता र विशेषतः नियमन कार्यमा विस्तार, कर्मचारी व्यवस्थापन (रिक्त कर्मचारी पूर्ति समेत), आवश्यक तालिम र प्रमाणिकरण कार्यमा अझ कडाईका साथ अन्तर्राष्ट्रिय स्तरको समकक्षमा पुर्‍याउनु पर्ने। स्रोतः सेतोपार्टी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area