राजनीति
ओलीको दाबी: प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैं ढल्छ, कसैले ढाल्नुपर्दैन
०

काठमाडौं, मंसिर १५-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार केही समयमा आफैं ढल्ने दाबी गरेका छन् ।
समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैं ढल्ने दाबी गरे ।
उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैं ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’
सरकार माओवादी नीतिमा प्रचण्ड पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























